मंगलवार, २८ आश्विन, २०८२

आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ६ फाल्गुन, २०८१

आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने

६ फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको छ । 

सोहीअनुसार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको छ ।

हालै सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधनमार्फत फागुनको पहिलो साताभित्र स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरी त्यसको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरेको छ। यसैको आधारमा योजना आयोगले करिब १२ प्रतिशतले स्रोतको वृद्धि हुने गरेको हो ।

हालै सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्दै फागुनको पहिलो साताभित्र स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गरी प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार योजना आयोगले स्रोतको अनुमानको प्रतिवेदन पेस गरेको हो।

advertisement_1676553908.gif