मंगलवार, २८ आश्विन, २०८२

आज पनि सामान्य बढ्यो नेप्से, भोल्यूम भने कमजोर।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २२ कार्तिक, २०८०

आज पनि सामान्य  बढ्यो नेप्से, भोल्यूम भने कमजोर।

काठमाडौंक।  नेप्से परिसूचक बुधबार लगातार तेस्रो दिन ५ दशमलव १७ अंकले बढेर १८६३ दशमलव ९४ अंकमा पुगेको छ । उकालो लागे पनि कारोबार रकम कमजोर रहँदा २८८ वटा शेयरको ३० हजार ३६४ कारोवार गरी ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता कारोबार भएको छ ।

 

ग्लोबल आइएमई माइक्रोफाइनान्सको सेयर मूल्यमा सबैभन्दा बढी ८.०७ प्रतिशतले वृद्धि भएको छ भने पीपुल्स हाइड्रोपावर कम्पनी र नेपाल एसबिआई बैंकको ७ प्रतिशतभन्दा बढीले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ६.३८ प्रतिशतले घटेको छ भने नयाँ सूचीकृत सामलिङ पावर कम्पनीको सेयर ५.५ प्रतिशतभन्दा बढीले घटेको छ ।

 

सोनापुर मिनरल्स एन्ड आयलको सबैभन्दा बढी कारोबार भएको थियो, जसमा रु ५ करोड ६१ लाखको शेयर कारोबार भएको थियो भने हिमालयन बैंकको ५ करोड संस्थापक सेयर खरिद–बिक्री भएको थियो । समग्रमा शेयरको मूल्यमा सकारात्मक प्रवृत्ति देखिए पनि कारोबार रकम भने न्यून रह्यो। 

advertisement_1676551694.gif