राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३१ श्रावण, २०८२
२०८२ साउन ३०, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबीच कार्यसम्पादन सम्झौता भएको छ ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो ।
मन्त्रालयमा आजै मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठक समेत बसेको थियो ।