मंगलवार, २८ आश्विन, २०८२

डलरको मूल्य फेरि नयाँ उचाइमा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १० पुष, २०८१

डलरको मूल्य फेरि  नयाँ उचाइमा

पुस १० गते, बुधबार,काठमाडौँ नेपाली बजारमा डलरको भाउले नयाँ रेकर्ड बनाएको छ।नेपाल राष्ट्र बैंकका अनुसार अहिले अमेरिकी डलरको बिक्री दर १३६.६३ रुपैयाँ र खरिददर १३६.०३ रुपैयाँ रहेको छ ।

यो पुस ९ मा बिक्रीको लागि १ सय ३६ रुपैयाँ ५० र खरिदका लागि १ सय ३५ रुपैयाँ ९० रुपैयाँ दर रहेको विगतको कीर्तिमानलाई उछिनेको छ । त्यसयता डलर १३ पैसाले बढेर नयाँ कीर्तिमान कायम गरेको छ।अन्य मुद्राको विनिमय दर निम्नानुसार छन्। 

१ यूरो: खरिद दर १४१.४७ रुपैया, बिक्री दर १४२.१० रुपैया ,1 UK पाउन्ड: खरीद दर १७०.५१ रुपैया, बिक्री दर १७१.२७ रुपैया ,१ अष्ट्रेलियन डलर: खरिद दर ८४.७९ रुपैया, बिक्री दर ८५.१६ रुपैया ,१ क्यानेडियन डलर: खरिद दर ९४.४६ रुपैया, बिक्री दर ९४.८८ रुपैया,१० जापानी येन: खरिद दर ८.६६ रुपैया, बिक्री दर ८.७० रुपैया ,१ साउदी अरबी रियाल: खरिद दर ३६.२३ रुपैया, बिक्री दर ३६.३९ रुपैया,1 कतारी रियाल: खरिद दर रु 37.32, बिक्री दर रु ३७.४९,1 थाई बात: खरिद दर 3.98 रुपैया, बिक्री दर ४.00 रुपैया,1 UAE दिर्हाम: खरिद दर रु ३७.०४, बिक्री दर ३७.२० रु १ मलेशियन रिङ्गिट: खरिद दर 30.32 रुपैयाँ, बिक्री दर ३०.४५ रुपैयाँ, १ हङकङ डलर: खरिद दर १७.५१ ​​रुपैयाँ, बिक्री दर १७.५९ रुपैयाँ, १ बहराइन दिनार: खरिद दर ३६०.४४ रुपैयाँ, बिक्री दर ३६२.०२ रुपैयाँ ,१ ओमानी रियाल: खरिद दर ३५३.३१ रुपैया, बिक्री दर ३५४.८६ रुपैया।

advertisement_1680627706.gif