मंगलवार, २८ आश्विन, २०८२

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ११ भाद्र, २०८२

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

२०८२ भदाै ११, झापा । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टा भन्सारमार्फत १ अर्ब ५० करोड १३ लाख रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्षको सोही महिनाको तुलनामा यस वर्ष आयात ३.६० प्रतिशतले वृद्धि भएको छ । आयातमा सामान्य वृद्धि भएसँगै राजस्व पनि ११.८० प्रतिशतले बढ्दै ७४ करोड ८३ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

उक्त अवधिमा ८ हजार ९०४ किलोलिटर पेट्रोल आयात भई करिब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ४ हजार ६७६ किलोलिटर डिजेल ४४ करोड ११ लाख रुपैयाँ, १ हजार ९३३ मेट्रिक टन एलपी ग्यास २० करोड रुपैयाँ, ७९२ किलोलिटर एटीएफ ७ करोड रुपैयाँ, र १२८ किलोलिटर मट्टितेल १ करोड १३ लाख रुपैयाँ बराबर आयात गरिएको कार्यालयले जनाएको छ ।

advertisement_1676551646.gif