राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १० फाल्गुन, २०८२
२०८२ फागुन १०, काठमाडौंं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १०) सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो ।
आज प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच गर्न सकिनेछ । गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ ।
शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।