मंगलवार, २८ आश्विन, २०८२

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले घटायो लाभांस।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ फाल्गुन, २०७९

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले घटायो लाभांस।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश घटाएको छ।फागुन ६ गते बसेको बैठकले २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको लघुवित्तले फागुन १९ गते पुनः बैठक बसि लाभांश संशोधन गरेको हो। अब लघुवित्तले कुल ३३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमध्ये २६ प्रतिशत बोनस शेयर रहेको छ भने ७.१५ प्रतिशत (कर प्रयोजनार्थसहित) नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकको कडाइ को कारण ले  लाभांश संशोधन गरिएको लघुवित्तले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गर्नेछ ।

advertisement_1676998982.gif