शनिबार, १३ असार, २०८३

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार?

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार?

२०८३ असार १२, काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मूल्य आज बढेर २ लाख ७९ हजार १ सय रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्यमा भने आज मन्दी आएको छ ।

बिहीबार प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५५ रुपैयाँले ओरालो लाग्दै ४ हजार १८० रुपैयाँमा सीमित भएको महासंघले जनाएको छ ।

advertisement_1676551646.gif