मंगलवार, २८ आश्विन, २०८२

नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि मतदान सुरु।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २९ चैत्र, २०७९

नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि मतदान सुरु।

काठमाडौँ। नेपाल  उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा बिहान १०ः३० बजेबाट मतदान सुरु भएको हो । महासंघको विधानअनुसार पूर्व वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वतः अध्यक्षता सम्हाल्छन् । तर, आज वरिष्ठ उपाध्यक्षसहित विभिन्न पदका लागि निर्वाचन हुँदैछ ।

बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ । जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गी र सुरकृष्ण वैद्यको उम्मेदवारी परेको छ । मतदान प्रक्रियामा कुल १,९९३ प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

कमलादीस्थित प्रज्ञा भवन परिसरमा बिहानैदेखि उम्मेदवार र मतदाताको भिडले माहौल गुन्जिएको छ । निर्वाचनले सहभागीहरुमा उत्साहजनक माहोल सिर्जना गरेको छ ।

advertisement_1676553908.gif