मंगलवार, २८ आश्विन, २०८२

नेप्सेमा तिब्र उतारचढाव,झन्डै १० अर्ब बराबरको कारोबार

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३ माघ, २०८०

नेप्सेमा तिब्र उतारचढाव,झन्डै १० अर्ब बराबरको  कारोबार

काठमाडौँ। बुधबार नेप्सेमा तिब्र उतारचढाव भएको छ । बजार खुलेको समयमा  बढेर २२०० माथि पुगेको नेप्से सूचक अन्तिममा  भने  नकारात्मक भएर बन्द भएको छ।

बुधबार नेप्से सूचक १२.१० अंकले घटेर २१६३.०६ विन्दुमा झरेको छ। कारोबार समयमा नेप्से सूचक २२१५ विन्दुसम्म पुगेको थियो तर बजारमा आएको  उच्च  बिक्री चापले गर्दा  सूचक टिक्न सकेन। २२०० माथिकाे बिक्री चाप थेग्न नसक्दा बजार झरेको हो।

बुधबार कारोबार रकम पनि बढेको छ। मंगलबार ८ अर्ब २ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ९ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यो कारोबार रकम २७ महिना यताकै उच्च हो। यसअघि २०२१ सेप्टेम्बर ६ मा ९ अर्ब ८२ करोड रुपैयाँको शेयर कारोबार भएको थियो। सो पश्चात बुधबार सबैभन्दा धेरै कारोबार भएको हो।

यस दिन कारोबारमा आएका १३ उपसमूहका ४ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.५१ प्रतिशतले घटेको छ।
 

advertisement_1676998982.gif