राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १४ श्रावण, २०८२
साउन १३, २०८२, काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.७६ अंकले बढ्दै ३००२.०७ अंकमा पुगेर बन्द भएको छ । यो अघिल्लो कारोबार दिनको वृद्धिलाई निरन्तरता दिँदै करिब ४ वर्षपछि नेप्से ३ हजार माथि पुगेको हो। यसअघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ अंकमा पुगेको थियो।
आज सेंसिटिभ इन्डेक्स ३.६६ अंकले, फ्लोट इन्डेक्स १.९७ अंकले र सेंसिटिभ फ्लोट इन्डेक्स १.१२ अंकले वृद्धि भए । तर, सूचक वृद्धिसँगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार १९.३६ अर्ब बराबरको सेयर किनबेच भएकोमा मंगलबार १८.५२ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भयो। कुल ३२१ कम्पनीका ४१.८ लाख कित्ता सेयर १,५७,५२५ कारोबार मार्फत किनबेच भए ।
चार कम्पनीका सेयरमा सकारात्मक सर्किट लाग्यो, जसमा मुक्तिनाथ एग्रिकल्चर, ट्रेड टावर, सान्वी इनर्जी र नादेप लघुवित्त रहेका छन्। नेपाल वेयरहाउसिङ कम्पनीको सेयर मूल्य ८% भन्दा बढी बढ्दा, माई खोला हाइड्रोपावर र ग्रीन भेन्चर्सको ७% भन्दा बढी वृद्धि भयो । त्यस्तै, नयाँ सूचीकृत समता घरिले लघुवित्तको सेयर मूल्य ८.६०% ले घट्दै सबैभन्दा धेरै गिरावट आएको कम्पनी बन्यो ।
उच्च कारोबार भएका कम्पनीहरूमा हिमालयन डिस्टिलरी: ६४४.१ मिलियनग्रीन भेन्चर्स: ६४० मिलियन नेपाल रिइन्स्योरेन्स: ५७० मिलियन १३ उपसूचकहरूमध्ये ११ उपसूचक हरियो रहे, भने ३ उपसूचक घटे।"अन्य" उपसमूह सबैभन्दा धेरै २.५८% ले उकालो लाग्यो।त्यस्तै, बैंकिङ, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि १% भन्दा बढी वृद्धि भए।विकास बैंक, वित्त र व्यापार उपसमूहहरू भने सामान्य रूपमा घटे।