राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ३ फाल्गुन, २०८२
२०८२ फागुन ०३, काठमाडौं । पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ ।
मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको छ ।
नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।
