राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३१ असार, २०८२
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजल/मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ ०३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटेर आएको निगमले जनाएको छ ।
निगम सञ्चालक समितिको निर्णयानुसार आज राति १२ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल / मट्टितेलमा प्रति लिटर १ रुपैयाँले मूल्य घटाएको हो ।