राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २६ मंसिर, २०८२
२०८२ मंसिर २५, काठमाडौं । बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८०५ रुपैयाँ निर्धारण भएको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।