बिहीबार, २८ फाल्गुन, २०८२

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

२०८२ फागुन २८, काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य दुई हजारले र चाँदीको मोल २०५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ५१५ निर्धारण भएको छ । हिजो बुधबार तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो ।

गत मंगलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

advertisement_1676551694.gif