मंगलवार, २८ आश्विन, २०८२

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै २ लाख ३९ हजार माथि

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २३ आश्विन, २०८२

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै  २ लाख ३९ हजार माथि

असोज २३, २०८२ काठमाडौँ । नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ३९ हजार भन्दा माथि पुगेको छ । बुधबार २६ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि  १२ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार २०० पुगेको हो । यो मूल्य  हालसम्मकै उच्च मूल्य हो । बुधबार एक तोला सुन २ लाख ३८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।यसैगरी सुनको मूल्यले कीर्तिमानी बनाएसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार २५ रुपैयाँ पुगेको छ । बुधबार सोही परिमाणको चाँदी २ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

advertisement_1676998982.gif