मंगलवार, २८ आश्विन, २०८२

दसैंका लागि सुकिला नोट साट्न सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ भाद्र, २०८२

दसैंका लागि सुकिला नोट साट्न सुरु

२०८२ भदौ १९, काठमाडौं । नेपाल राष्ट्र बैंकले बडादसैंका लागि आवश्यक पर्ने सुकिला नोट साट्न सुरु गरेको छ । आइतबारबाट बैंकले देशभर सुकिला नोट साट्ने व्यवस्था गरेको हो ।

असोज १० गतेसम्म सुकिला नोट साट्न सकिने बैंकले जनाएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सकिने छ।

त्यस्तै इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ५ देखि एक सय दरसम्मका सुकिला नोट प्रतिव्यक्ति बढिमा १ सेट अर्थात् १८ हजार ५ सय सटही गरिने जनाएको छ ।

advertisement_1676551646.gif