बिहीबार, २८ फाल्गुन, २०८२

अत्यधिक चिसो बढेपछि बुटवलका विद्यालय चार दिन बन्द हुने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ पुष, २०८२

अत्यधिक चिसो बढेपछि बुटवलका विद्यालय चार दिन बन्द हुने

२०८२ पुष ०९, बुटवल । अत्यधिक चिसो बढेसँगै बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयहरू लगातार चार दिन बन्द रहने भएका छन् । 

बुटवल उपमहानगरपालिकाले एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते (तीन दिन) विद्यालय बन्द हुने जनाएको हो । १२ गते शनिबार सार्वजनिक बिदा रहेको छ ।

“केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गरिएको बुटवल उपमहानगरपालिकाले सूचना निकालेको छ । 

साथै उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने व्यवस्था मिलाइने उपमहानगरपालिकाका प्रखुख खेलराज पाण्डेयले जानकारी दिए । 

advertisement_1680627680.gif