राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १८ चैत्र, २०८२
२०८२ चैत्र १८, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहीबार बिहान ८ बजेदेखि देशभरका १ हजार ९६६ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु हुनेछ। यस पटक नेपाल बाहिर जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ।
यस वर्षको परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना परीक्षार्थी सहभागी हुँदैछन्। जसमा:नियमिततर्फ: ४,४१,५६६ जना ,ग्रेडवृद्धितर्फ: ७०,८५५ जना ,जसमध्ये : २,५७,६१३ छात्रा, २,५४,८०७ छात्र र ७ जना अन्य।जापान केन्द्र: २३ जना परीक्षार्थी। सातै प्रदेशमध्ये बागमती प्रदेशबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन्।प्रदेश गत हिसाबले बागमती प्रदेश १,०९,५१३ ,मधेस प्रदेश ९०,२४३ लुम्बिनी प्रदेश ९१,८०२ कोशी प्रदेश ८२,४८७ सुदूरपश्चिम प्रदेश ५४,६३५ गण्डकी प्रदेश ४३,९७२ कर्णाली प्रदेश ३९,७६९ जना रहेका छन्।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार भोलि पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। अन्य मुख्य विषयहरूको तालिका यस प्रकार छ। चैत २०: अनिवार्य नेपाली ,चैत २२: अनिवार्य गणित ,चैत २३: विज्ञान तथा प्रविधि ,चैत २४: सामाजिक अध्ययन ,चैत २५-२६: ऐच्छिक विषयहरू ,चैत २७-२९: प्राविधिक धारका विषयहरूको परीक्षा हुने छ।
यस वर्षको विशेष आकर्षण भनेको नतिजा प्रकाशनको गति रहनेछ। परीक्षा नियन्त्रकका अनुसार विगतमा जस्तो नतिजाका लागि तीन महिना कुर्नुपर्ने छैन। नयाँ व्यवस्थाअनुसार परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरी सोही दिन लब्धाङ्कपत्र शिक्षा विकास तथा समन्वय एकाइमा पठाइनेछ। यस प्रक्रियाले गर्दा परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।