मंगलवार, २८ आश्विन, २०८२

एसईई परीक्षाको नतिजा आज सार्वजनिक।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ असार, २०८०

एसईई परीक्षाको नतिजा आज  सार्वजनिक।

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा आज  सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो। नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै  सार्वजनिक भएको छ  । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए 

यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रम अन्तर्गतका अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो । 

निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ।  तर  निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ।

यो बर्ष को एसईईको नतिजामा पहिले भन्दा सुधार देखिएको छ। ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार माथि पुगेको छ  । गत बर्ष  ९ हजार ६३३ जनाले मात्र  ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np  मा हेर्न सकिने बोर्डले जनाएको छ । 

एसईई परीक्षाको नतिजा आज  सार्वजनिक।

advertisement_1744958411.jpg