शुक्रबार, ३ जेष्ठ, २०८२

कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ देखि हुने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ९ बैशाख, २०८२

कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ देखि हुने

९ बैशाख २०८२, काठमाडौं । कक्षा १२ को परीक्षा सरेको छ। वैशाख ११ देखि तय भएको परीक्षा सरेर अब वैशाख २१ गते देखि हुने भएको छ ।

मंगलबार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष अध्यक्ष डा. महाश्रम शर्माले स्थगित परिक्षा बैशाख २१ गतेबाट सुरु हुने र यसबारे बुधबार बोर्ड बैठक बसेर विस्तृत सुचना सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

शिक्षकहरुको लगातार आन्दोलन तथा प्रधानमन्त्रीको अनुरोध पछि परीक्षा सरको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दिपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न अनुरोध गरेका थिए ।

मंगलबार बिहान भने बोर्डले शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर भएपनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । तर प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको बताएपछि परीक्षा सरेको हो ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif