मंगलवार, २८ आश्विन, २०८२

निजी विद्यालय सञ्चालकहरूले दिए भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने चेतावनी

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १८ भाद्र, २०८२

निजी विद्यालय सञ्चालकहरूले दिए भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने चेतावनी

२०८२ भदौ १८, काठमाडौँ । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालयहरूले आगामी भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने तयारी गरेका छन् । नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेका अनुसार सो दिन काठमाडौं ठप्प पार्नेगरी आन्दोलन कार्यक्रम गरिनेछ ।

भदौ २४ र २५ गते काठमाडौंभरिका विद्यालय बन्द गर्ने गरी आन्दोलन गर्न लागिएको निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले बताए ।

यसअघि, आन्दोलनका कार्यक्रम घोषणा गर्दै निजी विद्यालयका विभिन्न छाता संगठन (प्याब्सन, नेसनल प्याब्सन, हिसान, एपेन र एनएमए)ले भदौ १८ गते (आज)देखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए । तर, उनीहरूले अन्तिममा आएर विद्यालय बन्दको निर्णय फिर्ता लिएका थिए ।

निजी विद्यालयहरूले विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्नेलगायत माग राख्नुका साथै ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाउनुपर्ने  माग राखेका छन् ।

योजना अनुसार, भदौ १९ गते बिहान ११ बजे देशभरका जिल्ला सदरमुकाममा बृहत् खबरदारी सभा हुने भएको छ ।

advertisement_1676551694.gif