बिहीबार, ९ जेष्ठ, २०८२ 6:02:18 PM

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक (तस्विरसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १५ बैशाख, २०८२

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक (तस्विरसहित)

१५ बैशाख २०८२, काठमाडौं । शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी छ । सोमबार (आज) शिक्षक नाराजुलुससहित सडकमा उत्रिएका छन् । झडपक्रममा चोट लागेका शिक्षक पनि ब्यान्डेज बाँधेर प्रदर्शनमा सहभागी छन् ।

उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘शिक्षकलाई सम्मान गर’, ‘शिक्षक कर्मचारी एक हौँ’, ‘शैक्षिक दलाल होसियार’ लगायत नारा लगाएका छन् । यस दिन शिक्षकले सरकारको चर्को विरोध गरेका छन् । उनीहरूले यसअघि रचनात्मक रूपमा प्रदर्शन गर्दै आएका थिए ।

नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षकले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif