मंगलवार, २८ आश्विन, २०८२

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २५ श्रावण, २०८२

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

२०८२ साउन २४, पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् । जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् ।

शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन् । लामो समयदेखि विद्यार्थी सङ्ख्या शून्य भइसक्दा पनि विद्यालयहरू समायोजन गर्ने प्रक्रिया समेत थालिएको छैन । जिल्लाका सात स्थानीय तहमा २७२ सामुदायिक विद्यालय रहेका छन् । विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत रहेको छ ।

जिल्ला शिक्षा समन्वय एकाइ पर्वतले दिएको जानकारीअनुसार विहादी गाउँ पालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य रहेको छ । मोदी गाउँपालिकामा नौ विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य भएको छ । अहिले विद्यार्थी नभए पनि आगामी दिनमा विद्यार्थी आउन सक्ने भन्दै विद्यालयलाई समायोजन नगरिएको बुझिएको उनको भनाइ छ ।

शिक्षकहरूलाई सरुवा गर्नुको सट्टा रित्ता विद्यालय रुंगाएर जनप्रतिनिधिले राजनीतिक संरक्षण गरिरहेको पाइएको छ । करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जाने भएका कारण पनि कतिपय विद्यालय समायोजन नगरिएको कतिपय जनप्रतिनिधिले नै बताउने गरेका छन् ।

advertisement_1676551537.gif