शनिबार, ५ बैशाख, २०८३

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १५ चैत्र, २०८२

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

२०८२ चैत्र १५, काठमाडौं । सरकारी निकायमा संरचना सुधार र खर्च कटौती गर्ने नीतिलाई समर्थन गर्दै राष्ट्रिय परीक्षा बोर्डमा रहेको कर्मचारी संगठनले आफ्नो गतिविधि अन्त्य गरेको छ ।

सरकारले ल्याएको सुशासन र मितव्ययितासम्बन्धी कार्यक्रमअन्तर्गत कर्मचारी युनियनहरू हटाउने लक्ष्य राखिएको अवस्थामा उक्त संगठनले पनि त्यसलाई स्वीकार गर्दै औपचारिक रूपमा विघटन भएको घोषणा गरेको हो ।

युनियन नेतृत्वले जारी गरेको सूचनामा सरकारी निर्णयअनुसार संस्थागत पुनर्संरचना र प्रशासनिक सुधारलाई साथ दिन यस्तो कदम चालिएको उल्लेख गरिएको छ। सो निर्णय हालैदेखि नै लागू भइसकेको जनाइएको छ ।

advertisement_1676551537.gif