मंगलवार, २८ आश्विन, २०८२

संसदीय समितिको प्रतिवेदन शिक्षा विधेयकसम्बन्धी प्रतिनिधिसभामा पेस

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ६ भाद्र, २०८२

संसदीय समितिको प्रतिवेदन शिक्षा विधेयकसम्बन्धी प्रतिनिधिसभामा पेस

२०८२ भदौ ०६, काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । आज शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विधेयकको प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै विधेयकलाई समृद्ध बनाइएको बताए । समितिले बिहीवारको बैठकबाट विधेयक पास गरेको थियो । सभापति थापाले लामो समयपछि परिवर्तन हुन लागेको ऐनले विद्यालय शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार हुने विश्वास समेत व्यक्त गरे ।

सभामा पेस भएको उक्त विधेयकमा प्रतिपक्षी दलहरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन् । माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रश्तावअनुसार गर्नुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ ।

रास्वपाले पूर्ण छात्रवृति आवाससहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत राखेको छ भने राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको राखेको छ ।

advertisement_1680627706.gif