राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १७ बैशाख, २०८२
१७ बैशाख २०८२, काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो ।
सरकार र शिक्षक महासंघबीच नाैबुँदे सहमति भएको छ । सहमतिको ड्राफ्ट बोकेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्तास्थलबाट हिँडेका छन् ।
अब यो सहमतिबारे मन्त्रिपरिषद्ले ठोस निर्णय गर्ने सम्भावना छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक, शिक्षा मन्त्री रघुजी पन्त, संसदको शिक्षा समितिका सभापति लगायतका सरकारी पदाधिकारीहरुको सहभागिता थियो भने आन्दोलनरत शिक्षकहरुका तर्फबाट शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी लगायतका प्रतिनिधिहरु सहभागी थिए ।
शिक्षा ऐन जारी गर्नुपर्ने माग राखी करिव १ महिनादेखि देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।