राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १६ बैशाख, २०८२
१६ बैशाख २०८२, काठमाडौं । नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच वार्ता सुरु भएको छ ।
शिक्षा मन्त्रालयमा महासंघका पदाधिकारी र मन्त्रीबीच वार्ता सुरु भएको हो । वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ ।
हिजो राति अवेरसम्म भएको वार्ता सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।