शुक्रबार, १९ असार, २०८३

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

२०८३ असार १८, काठमाडौँ । संघीय संसद् अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे सिंहदरबारस्थित समितिको हलमा बस्न लागेको हो ।

आजको बैठकमा विशेष गरी ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा दफावार छलफल गर्ने मुख्य कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा विधेयकका प्रावधानहरू, यसको व्यावहारिक कार्यान्वयन र प्रयोगशालाको सुदृढीकरणका विषयमा समिति सदस्यहरूबीच विस्तृत छलफल हुनेछ ।

advertisement_1676553908.gif