मंगलवार, २८ आश्विन, २०८२

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिकाे ५ दिने अल्टिमेटम

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ असार, २०८२

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिकाे ५ दिने अल्टिमेटम

२२ असार २०८२ काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय सीमा दिएको छ । आइतबार बसेको समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र सहमति कायम गर्न निर्देशन दिएका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज बसेको समितिको बैठकमा विधेयक पारित गर्न अझ केही समय आवश्यक रहेको भन्दै माग गरेका थिए। तर अधिकांश सांसदहरूले भने विधेयक आजै पारित गर्नुपर्ने अडान राखेका थिए।

सदस्यहरूको धारणा सुनेपछि सभापति थापाले अन्तिम रूपमा सरकारलाई पाँच दिनको म्याद दिएको घोषणा गरे । 

समितिका सभापति अम्मरबहादुर थापाले उनले भने, ‘पाँच दिनभित्र सहमति गरेर आउनू, त्यसअघि मलाई बैठक बोलाउन एक दिनको तयारी समय चाहिन्छ ।’

आज शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गराउन भन्दै समिति बैठकमा थप समय माग गरेका थिए ।

advertisement_1676553908.gif