राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ६ भाद्र, २०८२
२०८२ भदौ ०६, काठमाडौं । नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ भने भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ ।
त्यसैगरी, भदौ ११ देखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक दलका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाई दुई घण्टा धर्ना दिने, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लामा ध्यानाकर्षण पत्र बुझाई धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
महासंघका अनुसार भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ। दोस्रो चरणमा अवरोधात्मक कदम, विरोध प्रदर्शनलगायत कडा आन्दोलन गर्ने चेतावनी सुवेदीले दिएका छन् ।