मंगलवार, २८ आश्विन, २०८२

शिक्षकहरुका मागका बिषयमा सभामुखले गरे छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २ बैशाख, २०८२

शिक्षकहरुका मागका बिषयमा  सभामुखले  गरे  छलफल

२०८२ वैशाख २ ,काठमाडौँ । झन्डै दुई हप्ता देखि आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी तथा समितिको हाल सम्मको प्रगति सम्बन्धमा  सभामुखले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग भेटेर छलफल गरेका  छन् ।

भेटमा शिक्षामन्त्री भट्टराईले सरकारले गर्न सक्ने निर्णय तत्काल गरेर  संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको जानकारी सभामुखलाई दिएको बताइएको छ।

त्येस्तै शिक्षकले माग गरेका  सेवा सुविधाको विषयमा  अर्थ मन्त्रालयसँग पनि जोडिएकाले उपप्रधान तथा अर्थमन्त्रीसँग छलफल गरि कसरि सम्बोधन गर्न सकिम्छ भन्ने बिषयमा छलफल भएको बताइएको छ  ।

advertisement_1676551694.gif