मंगलवार, २८ आश्विन, २०८२

शिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ भाद्र, २०८२

शिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी

२०८२ भदौ ०५, काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकप्रति सकरात्मक प्रतिक्रिया पाएको भन्दै यसले शिक्षकहरुको ९५ प्रतिशत माग पूरा गरेको बताएका छन् ।

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकहरुका ९५ प्रतिशत माग पुरा गर्न सफल भएको बताएका हुन् ।

उनले भने, ‘विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्टुष्टि राख्ने ठाउँ कसैको छैन। विधेयकमा आएका प्रतिक्रियाहरु सकारात्मक छ। हामीले गर्न सक्ने शिक्षक साथीहरुले ९५ प्रतिशत माग पूरा भएको छ । मन्त्रालयका साथीहरु निरन्तर संवादमा हुनुहुन्छ ।’

उनले शतप्रतिशत माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएको भन्दै कतिपय संशोधन राष्ट्रिय सभामा पनि राख्न सक्ने समेत बताए । उनले अहिलेको पाठ्यक्रम पुरानो भएको भन्दै सबै पाठ्यक्रमको समिक्षा गर्नुपर्ने बताए ।

advertisement_1676553851.gif