मंगलवार, २८ आश्विन, २०८२

शिक्षकहरुलाई फेरि वार्तामा बोलाइयो ,भोलि बिहान साढे ७ बजे आउन आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १२ बैशाख, २०८२

शिक्षकहरुलाई फेरि वार्तामा बोलाइयो ,भोलि बिहान साढे ७ बजे आउन आग्रह

बैशाख १२ , २०८२ काठमाडौँ ।  आन्दोलनरत शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई शिक्षामन्त्री रघुजी पन्तले  फेरि वार्तामा आउनका लागि आह्वान गरेका छन् ।सहसचिव युवराज पौडेलद्वारा जारी बिज्ञप्तिमा  आज कारणवश वार्ता हुन नसकेको भन्दै भोलि बिहान साढे ७ बजे पुनः वार्तामा आउन मन्त्री पन्तबाट आह्वान भएको बताएका छन् ।

मन्त्री पन्तले आज पनि शिक्षकहरुलाई वार्ताको लागि आव्हान गरेका थए।  तर वार्ता को लागि  मंत्रालय बाट नै वार्ता टोलि बनाइएको भन्दै वार्ता गर्न गएका शिक्षकहरु फर्केका थिए। सिंहदरबारको गेटमा  २५ जनाको नाम देखेर फर्केको बताएका थए। तर शिक्षा मन्त्रालय श्रोतले भने त्येसो नभई सिंहदरबार प्रवेश को लागि सहजीकरण को लागि मात नाम पाठाइएको बताएको छ। 


 

Download the PDF
advertisement_1676551694.gif