शुक्रबार, ३ जेष्ठ, २०८२

शिक्षकहरूले दिउँसै टर्च बालेर सरकारविरूद्व सांकेतिक विरोध

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २५ चैत्र, २०८१

शिक्षकहरूले दिउँसै टर्च बालेर सरकारविरूद्व सांकेतिक विरोध

२६ चैत्र २०८१, काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आज दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।

माइतीघरदेखि बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षकहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारसँग तत्‍काल शिक्षा ऐन जारी गर्न माग गरिरहेका छन्।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् ।

उनीहरूले माग पूरा नभएसम्म कार्यक्षेत्रमा नफर्किने चेतावनी दिँदै आएका छन्।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif