मंगलवार, २८ आश्विन, २०८२

शिक्षकको तलब निकासा गर्न मन्त्रीं पुनको निर्देशन, तलब निकासा नगर्ने पालिकामाथि कारबाही हुन्छ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ११ आश्विन, २०८२

शिक्षकको तलब निकासा गर्न मन्त्रीं पुनको निर्देशन, तलब निकासा नगर्ने पालिकामाथि कारबाही हुन्छ

२०८२ असोज ११, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

"शिक्षा मन्त्रालयबाट शिक्षकहरूको तलब सम्बन्धित सबै पालिकामा पहिल्यै पठाइसकिएको छ । तर केही प्रधानाध्यापक र शिक्षकहरूले अझै तलब नपाएको गुनासो गरेका छन् । यदि अब पनि कुनै पालिकाले अन्यायपूर्ण रूपमा तलब रोक्ने हो भने, भोलिसम्म तलब निकासा नगरेका पालिकामाथि कानुनी कारबाही हुनेछ ।" मंत्री पुनले भने ।

दशैं-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर पनि गुनासो आएको उनले बताए । ‘भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ’, पुनले भने ।

advertisement_1680627706.gif