मंगलवार, २८ आश्विन, २०८२

शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ बैशाख, २०८२

शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

११ बैशाख २०८२, काठमाडौं। सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई  तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण मिलाउन आदेश दिएको छ । बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै यस्तो आदेश दिएको हो ।

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।

शिक्षकहरू गत चैत २० गतेबाट काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित सडक‍ आन्‍दोलन जारी राखेका हुन् ।

अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्यौलमा परेको भन्दै रिट दायर गरेका थिए । उनले विद्यार्थीहरूलाई पठनपाठनको वातावरण मिलाइदिन भन्दै अन्तरिम आदेशको माग गरेका थिए । त्यसअनुसार नै आदेश जारी भएको हो ।

Download the PDF
advertisement_1676551537.gif