राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २६ आश्विन, २०८२
२०८२ असोज २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन-२०८१ सार्वजनिक भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाउने निर्णय गरेसँगै सो प्रतिवेदन सार्वजनिक भएको हो ।
समितिले तयार पारेको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । यसअघि उक्त प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको भए पनि सार्वजनिक गरिएको थिएन ।
अन्तरिम सरकार गठन भएपछि शिक्षामन्त्री नियुक्त हुनुभएकाे महावीर पुनले प्रतिवेदन चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८१ जेठमा पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।