मंगलवार, १७ असार, २०८२

त्रिवि उपकुलपति सिफारिसका लागि तीन सदस्यीय सर्च समिति गठन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ जेष्ठ, २०८२

त्रिवि उपकुलपति सिफारिसका लागि तीन सदस्यीय सर्च  समिति गठन

काठमाडौँ ,२०८२ जेठ ६ गते । त्रिवि उपकुलपति पदमा नियुक्तिका लागि उम्मेदवार छनौट गर्न प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सर्च कमिटी गठन गरेका छन् । प्रधानमन्त्री कार्यालयले मंगलबार शिक्षा मन्त्री तथा सहकुलपति रघुजी पन्तको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

उक्त सर्च समितिमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दिपक काफ्ले सदस्य रहेका छन् । त्रिवि उपकुलपति डा.केशरजंग बरालले राजीनामा दिएपछि रिक्त रहेको पदमा सिफारिस गर्न समिति गठन भएको हो ।

पकुलपति डा.केशरजंग बरालले राजीनामा दिएपछि  रेक्टर प्रा.डा खड्ग केसीले उपकुलपतिको कार्यभार सम्हालेका छन् । मेरिटका आधारमा उपकुलपति सिफारिस गर्नुपर्ने चौतर्फी कुरा उठिरहेकोले समितिले उपकुलपति कसरि नियुक्ति गर्छ सबैको चासोको बिषय रहेको छ । 

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif