मंगलवार, १७ असार, २०८२

उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ जेष्ठ, २०८२

उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

४ जेठ २०८२, काठमाडौं । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ । छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले दवाफार छलफल सकेर आज शिक्षा समितिलाई प्रतिवेदन पेस गरेको हो ।

सिंहदरबारमा आइतवार बसेको समिति बैठकमा उपसमिति संयोजक छविलाल विश्वकर्माले समिति सभापति अम्वरबहादुर थापालाई उपसमितिको प्रतिवेदन बुझाएका हुन ।

१५ परिच्छेद तथा १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०१ दफामा परिमार्जन गरि १०८ बुँदामा प्रतिवेदन बुझाएको समिति संयोजक विश्वकर्माले जानकारी दिए । त्यस्तै, विधेयकमा १३ नयाँ दफा थप गरिएको, ४ दफा हटाइएको, १३ दफा नयाँ राखिएको र ६३ दफा यसअघिले सरकारले नै पेस गरेको विषयमा सदर गरिएको उनले बताए ।

समितिले विधेयकको प्रतिवेदन लेख्न उपसमितिलाई गत चैत ८ गते ३५ दिनको समय दिएको थियो । समयमै नसकिएपछि २२ वैशाखमा समितिले थप १० दिनको समय दिएको थियो ।

दुई पटक गरेर ४५ दिनसम्म उपसमितिले छलफल गरेर आज प्रतिवेदन बुझाएको हो ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif