शुक्रबार, ३ जेष्ठ, २०८२

आउँदो मंसिरमा हुने उपनिर्वाचनको लागि उम्मेोदवार दिएका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३ मंसिर, २०८१

आउँदो मंसिरमा हुने उपनिर्वाचनको लागि उम्मेोदवार दिएका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

काठमाडौं, कार्तिक ३ । आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको छ ।

आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलबार निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि मंगलबार नै प्रकाशित गर्ने छ । त्यस्तै बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ  ।

यस अघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो । अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ।

उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख, उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् ।

माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको थियो ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif