बिहीबार, १४ श्रावण, २०८३

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ साउन १४, काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज बिहीबार बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि बस्नेछ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा सभामुखले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

advertisement_1676551646.gif