बुधबार, १९ चैत्र, २०८१

बझाङमा एमालेका दमन भण्डारी निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १७ बैशाख, २०८१

बझाङमा एमालेका दमन भण्डारी निर्वाचित

बझाङ। बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमवार दिउँसो सकिएको मतगणनामा उनी ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन्।

एमालेका भण्डारी ११ हजार ६१२ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए। भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्।

उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif