बुधबार, १९ चैत्र, २०८१

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ आश्विन, २०८१

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलि बिहीबारदेखि दर्ताका लागि आह्वान हो ।

आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान हो ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif