शुक्रबार, ३ जेष्ठ, २०८२

उपनिर्वाचनमा मतदान सकियो, ६२ प्रतिशत मत खसेको अनुमान

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १६ मंसिर, २०८१

उपनिर्वाचनमा मतदान सकियो, ६२ प्रतिशत मत खसेको अनुमान

काठमाडौं, मंसिर १६ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।

 बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिए ।

आयोगका अनुसार करिब ६२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भएको हो ।

 आज सम्‍पन्‍न उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif