मंगलवार, २८ आश्विन, २०८२

बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १४ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३१ जेष्ठ, २०८२

बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १४ जना घाइते

३० जेठ २०८२, बागलुङ,। पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–५ बतासेडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार लु प्र ०१–००१–१७७५ नम्बरको जिप बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक हुँदै सहीखोलातर्फ जाँदै गर्दा शुक्रबार दिउँसो सडकबाट अन्दाजी ६० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामापरि ढोरपाटन नगरपालिका–२ की ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामापरि घाइते हुनेहरुमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरु सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ७५ वर्षीया मनकुमारी थापा, २१ वर्षीया टिकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर गरी जम्मा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय को गोविन्द थापा र यात्रु १८ वर्षीया लुम्बिनी महतको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक थापाले बताए ।

advertisement_1676551646.gif