मंगलवार, २८ आश्विन, २०८२

बेनी-जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २७ श्रावण, २०८२

बेनी-जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक

२०८२ साउन २६, म्याग्दी । पहिरोका कारण जोखिमयुक्त बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ ।

जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसार यही साउन २७ गते मंगलबार साँझदेखि बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत बन्द गरिने भएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले अर्को सूचना जारी नहुँदासम्मका लागि रातको समयमा सडकमा सवारी आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बर्सातको समयमा पहिरोको जोखिम भएकाले रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको र स्थानीय प्रहरीचौकीमार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गरिने बताए ।

रघुगङ्गा गाउँपालिका-२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका-२ भुरुङभिर, ३ गुइठेभिर, सुकेबगर र काभ्रेभिरमा पहिरो खस्ने समस्या छ ।

बेनी–जोमसोम सडक स्तरोन्नति अन्तिम चरणमा छ। बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले पहिरो पन्छाउने र यातायात सञ्चालन गर्दै आएको छ ।

advertisement_1676553851.gif