बिहीबार, २८ फाल्गुन, २०८२

गोरखाको १२ किलोमा बस दुर्घटना

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १५ मंसिर, २०८२

गोरखाको १२ किलोमा बस दुर्घटना

२०८२ मंसिर १४, गोरखा । गोरखाको १२ किलोमा बस दुर्घटना भएको छ । गोरखाबाट यात्रु लिएर नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको हो।

बस सडकबाट केही तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । केही मानिसहरू घाइते छन् ।

प्रहरी घटनास्थलमा पुगिसकेको छ र घाइतेको उद्धार गरी गोरखा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

advertisement_1676553908.gif