राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १७ भाद्र, २०८२
२०८२ भदौ १७, गोरखा । काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा ०१-००६ ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका-३ टारीफाँटमा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।