शुक्रबार, ३ जेष्ठ, २०८२

हावाहुरीका कारण फेवातालमा फसेका आठ जनाको उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २२ बैशाख, २०८२

हावाहुरीका कारण फेवातालमा फसेका आठ जनाको उद्धार

२२ बैशाख २०८२, पोखरा । हावाहुरीसहित बर्षातको क्रममा फेवातालमा डुबेका चार जनाको शकुसल उद्धार गरिएको छ । दुई जना चालक र दुई जना डुंगामा सवार यात्रुको पानीमै डुबेको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरीबहादुर बस्नेतले बताए ।

चितवनको भरतपुर महानगरपालिका –५ बस्ने २१ वर्षीय रेशम थापा र कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३६ विनोद ठकुरी डुंगा चालक हुन् । डुंगामा सवार भरतपुरका २७ वर्षीय विक्रम थापा र २३ वर्षीय सुरज भण्डारीको पनि उद्धार गरिएको बस्नेतले जानकारी दिए ।

हावाहुरीसहितको बर्षा भएपछि अन्यमा पनि फसेका थिए । तर, ४ जना भने तालमै डुवेको अवस्थामा उद्धार गरिएको डिएसपी बस्नेतले बताए । शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले उनीहरुलाई तालबाट उद्धार गरेको हो । उद्धार गरिएकाको अवस्था भने सामान्य रहेको छ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif